त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित


काठमाडौँ  : त्रिभुवन विश्वविद्यालयले आफू मातहतका सबै क्याम्पसले सञ्चालन गर्ने परीक्षाहरू स्थगन गरेको छ ।

विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकले सूचना जारी गरी कोभिड संक्रमण उच्च भएकाले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको हो ।

त्रिविले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ ।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ