जनकपुरमा घर अगाडीबाटै इन्जिनियर यादवको मोटरसाइकल चोरी


टुडेखोज, जनकपुरधाम : जनकपुरको वकिल टोलस्थित घर अगाडीबाटै एक इन्जिनियरको मोटरसाइकल चोरी भएको छ ।

इन्जिनियर दिपक यादवको प्र.२०२.००३ प ४७४६ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको हो । उक्त मोटरसाइकल हुलास फाइनान्सको नाममा रहेको छ ।

घर अगाडी राखेको र एकछिनमा मोटरसाइकल चोरी भएको पीडित इन्जिनियर यादवले बताए । चोरी भएलगत्तै उनले प्रहरीमा खबर गरेपनि अहिलेसम्म फेला परेको छैन ।

फितलो सुरक्षा व्यवस्थाका कारण जनकपुरमा मोटरसाइकलको चोरी बढेको जसपा यूवा नेता प्रशान्त झा बताउँछन् । प्रत्येक महिना २५/३० वटा मोटरसाइकल चोरी भइरहेपनि प्रहरी फेला पार्न सकिरहेका छैन– उनले भने ।

केहिदिन अगाडी पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल पनि चोरी भएको थियो । उनको मोटरसाइकल पनि फेला पर्न सकेन ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ