प्रधानमन्त्री ओली पनि आइसोलेशनमा


काठमाडौं : आफ्नो सम्पर्कमा आएका नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेशनमा बसेका छन् ।

पछिल्लो पटक नेता खिमलाल भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भट्टराईको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा छन् ।

प्रधानमन्त्री ओली पनि भट्टराईसँगको सम्पर्कमा आएकाले आइसोलेशनमा बसेका हुन् । अहिलेसम्म ओली पक्षका तीनजनामा संक्रमण पुष्टि भएको छ ।

नेताहरुलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठकमा सहभागी भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको एमालेले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख १५, बुधबार १३:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ