धनुषाका एक कोरोना संक्रमितको धरानमा मृत्यू


टुडेखोज, जनकपुरधाम । धनुषाका एक कोरोना संक्रमित व्यक्तिको धनरानमा मृत्यू भएको छ ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा। चुडामणि पोखरेलका अनुसार मृत्यू भएका ति व्यक्ति १० वैशाखमा भर्ना भएका थिए ।

धरानमै सप्तरीका एक २४ वर्षकै यूवाको समेत मृत्यू भएको छ । प्रतिष्ठानका सहप्रवक्ता पोखरेलका अनुसार पछिल्लो एक सातामा सात जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार १४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ