प्रदेश २ : मन्त्री साहले गरे कोरोना परीक्षण मेसिन र एम्बुलेन्सको उद्घाटन


सर्लाही : प्रदेश २ सरकारद्वारा मलंगवा अस्पतालका लागि खरिद तथा जडान गरिएका पिसिआर मेसिन र एम्बुलेन्सको सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज उद्घाटन गरेका छन् ।

मेसिनको उद्घाटनसंगै सर्लाहीमा पनि आजैदेखि कोरोनाको जाँच शुभारम्भ भएको छ । यससंगै प्रदेश सरकारद्वारा अआठै जिल्लामा पिसिअआर ल्याव संचालनमा आइसकेको छ ।

उद्घाटन समाहरोहमा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य निरा साह, जिल्ला समन्वय समिति सभापति मेथुर प्रसाद चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ