निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई जेल चलान


टुडेखोज, बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि जेल चलान गरेको छ ।

शुक्रबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारागार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ ।

८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै गरेको प्रहरीले बताएको छ । ८ जनाबाट प्रतिव्यक्ति नौँ हजार एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।

जरिवाना तिर्न नसक्नेहरुमा रुपन्देही मायादेवी गाउँपालिका ४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका ८ का २८ वर्षीय श्याम दुबे र मायादेवी २ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।

प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ११:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ