कोरोना संक्रमणबाट प्रहरी हवल्दारको मृत्यु


विराटनगर : कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिकामा कार्यरत एक नगर प्रहरी हवल्दारको  मृत्यु भएको छ ।

विराटनगर ३ का  ५७ वर्षीय नगर प्रहरी हवल्दारको नोबेल अस्पतालको आइसियुमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनलाई पाँच दिनअघि कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : २०७८ बैशाख १८, शनिबार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ