Big News- दाङमा पार्किङ गरिएको कारमा तीन बालकको शव भेटियो


दाङ । तुलसीपुरमा पार्किङ गरी राखिएको कारभित्र तीन बालकको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको हो ।

उक्त कार चार महिनादेखि सोही स्थानमा रहेको खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएका बालकहरूको पहिचान खुलेको छैन । यद्यपि तुलसीपुर-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएको निवेदन भने इप्रका तुलसीपुरमा परेको थियोे ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानका लागि प्रहरी टोली लिएर दाङ प्रहरी प्रमुख एसपी गणेश चन्द घटनास्थल लागेका छन् ।

प्रकाशित : २०७८ बैशाख १८, शनिबार २१:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ