राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित


टुडेखोज, काठमाडौं : कोरोना महामारीका कारण १२ औं राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले मन्त्रिपरिषद्को बैठकले जनगणना अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिइन् । महामारी कम भएपछि जनगणना फेरि सुचारु हुने उनले बताइन् ।

आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म जनगणना गर्ने तयारी थियो । विभिन्न जिल्लामा निषेधाज्ञा लागेको र कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जनगणना स्थगित गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ