काँग्रेस प्रवक्ता शर्मालाई कोरोना, भने- सबैजना सजग बनौं


टुडेखोज, काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।

सामाजिक सञ्जालमार्फत उनले आफू संक्रमित भएको र होम आइसोलेशनमा बसेको बताएका हुन् । अस्वास्थ भएपछि आईतबार स्टार अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् ।

संक्रमित भएपछि उनले ट्वीटरमा लेखेका छन्, ‘लक्षणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौं ।’

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ