प्रदेश २ : दलित विकास समितिका उपाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दर्ता, यस्तो छ आरोप


सन्तोष यादव, जनकपुधाम : प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार जाहेरी दर्ता भएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका ४ घर भएका ५० वर्षीय बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा)की नेतृ ललिता दासले जाहेरी दर्ता गराएकी हुन् । बदनियत तरिकाले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्बन्धको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको आरोप नेतृ दासले उपाध्यक्ष बैठामाथि लगाएकी छन् ।

०७७ चैत ९ गते राति ११ बजेको समयमा फेसबुकमा म्यासेज पठाएर तथानाम गाली गरेकाले आफ्नो दाम्पत्य जीवनमा धरापमा पर्ने कसुर अपराध गरेको नेतृ दासले जाहेरीमा उल्लेख गरेकी छन् ।

आफूविरुद्ध उपाध्यक्ष बैठाले मुलुलकी अपराध फौजदारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफ ११८ बमोजिम अभद्र व्यवहार गरेकाले उनलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न माग समेत गरेकी छन् ।

साथै सोही ऐनको २ उपदफा १ नम्वर बमोजिम दण्ड सजाय जरिवाना गरी मुनासिव क्षतिपूर्ति भराउन पनि माग गरेकी हुन् ।

सिरहाको लहान नगरपालिका १ घर भएकी दास जसपा प्रदेश समिति सदस्य छिन् ।

नेपाल प्रेस

प्रकाशित : २०७८ बैशाख २०, सोमबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ