लुम्बिनी : एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत


टुडेखोज, रुपन्देही : नेकपा एमालेका लुम्बिनी प्रदेश साँसद दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

सभामुख पूर्ण घर्तीले साँसद पाण्डेको राजीनामा स्वीकृत गरेका हुन् । कपिलवस्तु २ (क)बाट निर्वाचित साँसद पाण्डेले पदबाट राजीनामा दिएको पत्र हिजै सभामुखलाई बुझाएका थिए ।

शंकर पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको निर्णयमा असन्तुष्टि जनाउँदै पाण्डेले राजीनामा दिएको बताएका छन् ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १३:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ