रौतहटमा कोरोना कहर : कुन- कुन पालिका बन्द भयो ? हेर्नुस्


धर्मेन्द्र कुमार साह, रौतहट : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटका स्थानिय तहहरु धमाधाम बन्द हुन् थालेको छ । आइतवार रौतहटको गौर, राजापुर, गढिमाईलगायतका स्थानीय तहले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेकका सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो ।

कोरोना संक्रमणको डर उच्चतम बिन्दुमा पुगेको तथा केहि कर्मचारीहरुमा कोरोनासंगै मिल्दोजुल्दो लक्षण देखिएकोले कार्यालय बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि नै चंद्रपुर, कटहरिया र माधव नारायण नगरपालिका बन्द भइसकेको छ । सो पालिकाहरुले नगर क्षेत्रभित्रमा लाग्ने हाट बजारलाई पनि बन्द गर्न निर्देशन दिएको छ ।
जिल्लाका सम्पर्ण शैक्षिक संस्थान पहिलेदेखि नै बन्द रहेको छ । गौर नगरपालिका भित्र संचालन हुने सम्पुर्ण हाट बजार बन्द भएको छ ।

यता राजदेबि नगरपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी राजदेवी २१ गतेदेखी कोरोना भाईरस संक्रमित एवं कोरोनाको लक्षण देखा परेका बिरामीहरूको घर–घरमा पुगी निःशुल्क औषधीसहितको उपचारको लागि ५ सदस्य स्वास्थ्यकर्मीहरुको क्विक रेस्पोन्स टिम परिचालन गरेको छ ।

अक्सिजनको आवश्यकता परेका बिरामीका लागि वडा नम्बर ३ चन्डियामा रहेको अस्पताल भवनमा १० बेडको आइसोलेशन सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ