रौतहटका वरिष्ट पत्रकार मिश्र पुरस्कृत


धर्मेन्द्र कुमार साह, रौतहट : रौतहटका बरिष्ठ पत्रकार श्रीमन नारायण मिश्र प्रथम दुर्गा प्रसाद पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक समारोहबीच बरिष्ट पत्रकार मिश्र प्रथम दुर्गा प्रसाद पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रमाण–पत्रका साथै ११ हजार रुपैयाको चेक हस्तान्तरण गरे ।

उक्त पुरस्कार पत्रकार सन्तोष पौडेलले आफ्नो दिवंगत पिता दुर्गा प्रसाद पौडेलको स्मृतिमा स्थापना गरेको थियो ।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई समेत सम्मान गरिएको छ ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ