ओली पथमा उपेन्द्र यादव : ठाकुर र महतोलाई कार्वाही गर्ने तयारी, २७ गते जसपा फुट्ने


काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)को भरमा विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक पक्षको मत पाउने निश्चित भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा सहितको पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)को समुहले प्रधानमन्त्री अ‍ोलीको पक्षमा मतदान गर्ने छन् ।ओलीले १ सय २० जनामाथि लगाइएको राजनीतिक मुद्दा फिर्ता लिएको र अन्य मुद्दाहरु फिर्ता गर्ने तयारीमा रहेकाले विश्वासको मत दिने जसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

‘मधेशको मागलाई सम्बोधन गर्न अग्रसर भएका प्रधानमन्त्री ओलीलाइ विश्वासको मत दिनेछ,’ उनले भने, ‘तर त्यसका लागि उनले बाँकी रहेका मुद्दाहरुपनि फिर्ता लिनुपर्नेछ ।’

प्रधानमन्त्रीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने छन् ।त्यसका लागि संसदको अधिवेशन राष्ट्रपति विद्या देवी भण्डारीले आव्हान गरेकी छन् ।

सत्तारुढ बदल नेकपा एमालेमा असन्तुष्ट पक्ष माधवकुमार नेपाल –झलनाथ खनाल समुहले फ्लोर क्रस गर्ने व्यापक संभावना रहेको बेला जसपाका ठाकुर–महतोले समुहले विश्वासको मत दिएपनि सार्थक हुने संभावना कमै छ ।

ठाकुर–महतो समुहले ओलीलाई विश्वासको मत दिने बताइरहेपनि त्यो पार्टीको कुनै निकायबाट निर्णय भइसकेको छैन् । पार्टीको निर्णय विपरित जान नपाइने कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले बताए ।

‘व्यक्तिगत रुपमा कसले के बोलिरहेका छन्, त्यसको खासै अर्थ हुँदैन्,’ उनले भने, ‘पार्टीको निर्णय अनुसार नै सबैले ओलीको बिरोधमा मतदान गर्ने छन् ।’ ओली प्रतिगमनकारी खेमाको नेतृत्व गरिरहेकाले संघियता पक्षधरहरुले उनलाई साथ दिन नसक्ने अधिकारीले जनाए ।

ठाकुर र महतोले पार्टीलाई पद्धतीमा चल्न नदिएको आरोप लगाउँदै अधिकारीले भने, उनीहरुले बनाएको कार्यदल पार्टीको कुन निकायबाट निर्णय भएर हो ?पार्टीमा मनपरि ढंगले गर्न चाहेर नहुने बताउँदै अधिकारीले अनुशासन बाहिर गएर काम गरे कार्वाही हुन्छ ।

अध्यक्ष उपेन्द्र यादव र संघिय अध्यक्ष डा.बाबुराम भट्टराइ समुहसित कार्यकारिणी समिति र केन्द्रिय समितिमा बहुमत छ ।अधिकारीका अनुसार पार्टीका अधिकांश सांसदहरुले ओलीको पक्षमा मतदान गर्ने छैनन् ।

‘ठाकुर –महतो लगायतलाई पार्टी छाडेर नजान हरसंभव प्रयास भइरहेकोछ’ अधिकारीले भने ,तर अनुशासन मानेन भने कार्वाहीको भागी बन्नेछन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्ष नेपाल–खनाल समुहलाई एकतर्फी कार्वाही गरेजस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवलेपनि ठाकुर–महतो समुहलाई कार्वाह ीगर्ने तयारी गरेको उच्च स्रोतले जनाएका छन् ।यादवलेपनि अ‍ोली पथलाइ अनुशरण गरेको बताइन्छ ।

प्रतिनिधि सभामा पूर्व राजपा र पूर्व समाजवादी बराबरको अवस्थामा रहेका छन् । दुवै तर्फै १६÷१६ जना सांसद रहेका छन् । त्यसमध्ये यादव समुहबाट विमल श्रीवास्तव र उमाशंकर अडगडिया ठाकुर तर्फ लाग्ने निश्चित प्रायःछ ।तर ठाकुर र महतो समुहबाट ५ जना सांसद यादव समुहमा आउने अधिकारीको दावी छ ।

गत वर्ष वैशाख ८ गते ओलीले अध्यादेश ल्याएर तत्कालिन समाजवादी पार्टीलाई विभाजन गर्न थालेपछि वैशाख १० गते रातीमा पूर्व राजपा र समाजवादी पार्टी जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । ओलीको बिरोधमा राजपा र समाजवादी एकिकृत भएका थिए । तर ओलीको पक्षको कारण जसपा बिभाजित हुने भएकोछ ।

ठाकुर–महतो समुहले ओलीलाई विश्वासको मत हरेक हालतमा दिने अडानमा कायमै रहेपनि औपचारिक रुपमा निर्णय नभए सम्म कार्वाहीको प्रकृया अगाडी बढाइने छैन् । तर औपचारिक रुपमा निर्णय लिए कार्वाही गर्ने तयारी यादव समुहले गरेको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने ४ जना सभासदलाई जसपाले पदमुक्त गरिदिएकोछ ।तर दोस्रो पटक सपथ लिएका मुख्यमन्त्री पोखरेलले सांसद नै नरहेका जसपाका चारैजनालाई पुनःसरकारमा सहभागि गराएका छन् । पदमुक्त भएका सभासदहरुलाई जोगाउन महन्थ ठाकुरले विभिन्न निकायहरुमा पत्राचार गरेका छन् ।

एउटा अध्यक्षले लिएका निर्णयलाई अर्काे अध्यक्षले उल्टाउन सकृय रुपमा लागेदेखि नै जसपा अनौपचारिक रुपमा विभाजन भइसकेको छ । पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्न समेत ठाकुर–महतो पक्षले दिएको छैन् ।

प्रधानमन्त्री ओलीसित दिनदिनै बैठक र संभादगर्दै आएका ठाकुर–महतो समुहले सांसदहरुको नाम समेत विश्वास दिलाएपछि विश्वासको मत लिन संसद बैठक बोलाइएको छ ।

अध्यक्ष ठाकुरले जसापका प्रतिनिधि सभासदस्यहरुलाई काठमाण्डु नछाड्न र बाहिर रहेकाहरुलाई तत्काल काठमाण्डु आउन सन्देश पठाएका छन् । उनले विभिन्न प्रलोभन दिदै सांसदहरुलाई फकाएर हस्ताक्षर समेत गराउन थालेका छन् ।

तर बहुमत पुग्ने संभावना कमजोर भएपछि ओलीलाई विश्वासको मत नदिने निर्णय गर्न सकिने ठाकुर निकटका एकजना नेताले बताए ।

  • जनकपुर टुडे
प्रकाशित : २०७८ बैशाख २१, मंगलवार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ