जनकपुरका अस्पतालले भर्ना नलिदा कोरोना शंकास्पद विरामीको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : जनकपुरका कुनै अस्पतालले भर्ना नलिँदा छटपटएिर कोरोनाका शंकास्पद एक विरामीको ज्यान गएको छ ।

मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा ४/५ दिनदेखि बसेका कोरोनाका शंकास्पद विरामी अन्दाजी ४० वर्षीय लोकबहादुर परियारको ज्यान गएको हो । घरमै उपचाररत उनको स्वास्थ्य अचान विग्रिएपछि सोमवार साँझ जनकपुर ल्याएको थियो । तर जनकपुर प्रादेशिक अस्पताल, जानकी हेल्थ केयर र रामजानकी अस्पतालले भर्ना लिएनन् ।

अस्पतालहरुले भर्ना नलिएपछि परियारलाई आफ्न्तले फर्काएर घर लगे । जसोतसो रात विताए । तर आज विहान करिब ७ बजे उनको ज्यान गयो । स्थानीय आरपी मेडिकल हल (क्लिनिक) अगाडी नै उनको ज्यान गएपछि आफ्न्त पनि छाडेर भागेको बुझिएको छ ।

क्लिनिक सञ्चालक सुबोध साहले भने, ‘हिजो यहाँ ल्याउदा बाहिर लग्न भनेको थिए । जनकपुर लग्ता कुनै अस्पतालले भर्ना लिएन । त्यसपछि फेरी राति फर्काएर यहाँ नै ल्याएपछि घर पठाइदिए । आज विहान अर्को व्यक्तिले त्यही विरामी लिएर आउँदा पनि बाहिर लग्न भनेको केहि बेरमै मृत्यू भयो ।’

मृतक परियारको शव अहिले क्लिनिक अगाडी नै राखिएको छ ।

तस्विर : टुडेपाटीबाट साभार

प्रकाशित : २०७८ बैशाख २१, मंगलवार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ