सप्तरीका एक शिक्षकको कोरोनाबाट ज्यान गयो


राजविराज : कोरोना संक्रमणबाट सप्तरीमा एक शिक्षकको ज्यान गएको छ । सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ४५ वर्षीय शिक्षकको कोरोनाबाट ज्यान गएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज विहान उनको ज्यान गएको बताइएको छ । उनी वैशाख १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ ।

प्रकाशित : २०७८ बैशाख २१, मंगलवार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ