राष्ट्रपतिले ल्याइन् रेल अध्यादेश, तर कहिलेदेखि चल्ने रेल ?


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप एक अध्यादेश जारी गरेकी छन् । आज उनले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

जयनगर- जनकपुर रेल संचालनकै लागि अध्यादेश ल्याएको बुझिएको छ । तर कोरोना महामारीका कारण अहिले रेल संचालन हुने सम्भावना छैन ।

भारतको जयनगरदेखि जनकपुर (कुर्था) रूटका लागि सरकारले खरिद गरेको दुईसेट रेल विगत लामो समदेखि थन्काएर राखिएको छ ।

प्रकाशित : २०७८ बैशाख २२, बुधबार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ