सिरहामा गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा


टुडेखोज, लहान : सिरहा प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका १३ का २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादव रहेका छन् । धनगढीमाई नगरपालिका ११ बाट उनीहरु १२ किलो गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स १० प २७३ र स २ प ७५८३ नम्बरको मोटरसाइकलमा उनीहरु गाँजा बोकेका थिए । तीनै जनामाथि प्रहरीले कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ बैशाख २२, बुधबार १८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ