सास फेर्न नसकेर बरिष्ठ गायक प्रधानको निधन


काठमाडौं : बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज करिब १ः४५ मा उहाँको बसुन्धरास्थित न्यूरो अस्पतालमा ८२ वर्षको उमेरमा निधान भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई बिहान अस्पताल पुर्याइएको थियो । उहाँको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

विसं। १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनुएका उहाँका प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिनुभयो । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।

प्रकाशित : २०७८ बैशाख २३, बिहीबार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ