अष्ट्रेलिया बस्नेले अब मोबाइलबाटै पैसा नेपाल पठाउन सकिने


काठमाडौं : ईसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानीका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीले अब सोझै रकम पठाउन सक्ने छन् । त्यहाँबाट कम्युटर र मोबाइको सहायताले नै कम लागतमा आफ्नो बैंक अकाउण्ट वा ईसेवा वालेटमार्फत रियल टाइममा रेमिट्यान्स् पठाउन सकिने कम्पनीले जनाएको छ ।

पेरू रेमिटमार्फत पठाएको रकम ईसेवा मनि ट्रान्सफरको देशभरका ८ हजारभन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिने छ ।

प्रकाशित : २०७८ बैशाख २३, बिहीबार १७:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ