जनकपुर : प्रादेशिक अस्पताल ८ वटा भेन्टिलेटर जडान


जनकपुरधाम : धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आठवटा भेन्टिलेटर जडान सुरु गरिएको छ । कोभिड–१९ को महामारीको दोस्रो लहरमा कोरोना संक्रमितको तीव्र रुपमा बढेसँगै उनीहरुको उपचारका लागि भेन्टिलेटर जडान सुरु गरिएको हो ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शुक्रबारदेखि आठवटा नयाँ भेन्टिलेटर जडान सुरु गरिएको बताए । उनले प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयले भेन्टिलटर खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको जानकारी दिए ।

यसअघि प्रादेशिक अस्पतालमा रहेका सबै भेन्टिलेटर बिग्रिएका थिए । भेन्टिलेटर बिग्रिएकाले कोरोना संक्रमितलगायत अन्य बिरामीलाई उपचारमा समस्या भएर अनयन्त्र रेफर गर्नुपर्ने बाध्यता थियो । नयाँ भेन्टिलेटर जडानपछि बिरामीका लागि ठूलो राहत हुने डा. यादवले विश्वास व्यक्त गरे ।

प्रदेश सरकारले प्रादेशिक अस्पतालमा केही महिनाअघि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो । यद्यपि, सेवा सुविधा र उपकरणको राम्रो नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठूलो अस्पतालको रुपमा प्रादेशिक अस्पतालमा जनशक्ति तथा साधन स्रोत अझै थप्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित : २०७८ बैशाख २५, शनिबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ