एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आज बसेको बोर्डको बैठकले कोरोना महामारीको जोखिम र सबैतिर निषेधाज्ञा लागेकाले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यस वर्ष जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि १२ कक्षाको परीक्षा लिने भनिएको थियो ।

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्ने विषयमा १५ दिनभित्र आ–आफ्नो सुझाव दिन बोर्डका सदस्यहरूलाई भनिएको छ । सुझावको आधारमा परीक्षा लिने बोर्डका एक पदाधिकारीले बताए ।

प्रकाशित : २०७८ बैशाख २७, सोमबार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ