स्वास्थ्य संकटकाल घोषणा गर्न नगरपालिका संघले गराए मन्त्रीको ध्यानाकर्षण


काठमाडौं : नेपाल नगरपालिका संघले तत्काल संकटकाल घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै संघका अध्यक्ष संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले मन्त्री ह्देश त्रिपाठीलाई ध्यानाकर्षण पत्र लेखेका हुन् ।

पत्रमा भनिएको छ, ‘हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भएकोले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउ, ज्यान सुरक्षाका लागि निम्न बमोजिमका कार्यलाई अघि बढाउन संघ सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छौं ।’

हालसम्म नेपालमा ६८ जिल्लामा फैलिएर झन् भयावह भएको, अक्सिजन अभावले अधिक मात्रामा मानवीय क्षति समेत भइरहेको संघले जनाएको छ । संक्रमण रोकथाम संविधानतः संघको एकल अधिकार भए पनि महामारी नियन्त्रण साझा प्रयासमा मात्र सम्भव हुने भन्दै संघले स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयको आवश्यकता औंल्याएको छ ।

प्रकाशित : २०७८ बैशाख २९, बुधबार १४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ