अरुण तेस्रो जलविद्युतको सुरुङमा मजदुरको ज्यान गयो


संखुवासभा : अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र ढुङगा खस्दा एक मजदुरको मृत्यु भएको छ भने अर्का मजदुर घाइते भएका छन् ।

संखुवासभाको चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खस्दा मजदुरको ज्यान गएको हो । ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका १२ कृष्ण रानाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्का मजदुर मिठु राना समेत घाईते भएका छन् । उनलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको छ ।

प्रकाशित : २०७८ बैशाख २९, बुधबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ