काठमाडौंमा हाइप्रोफाइल युवतीसहित २५ जुवाडेको ग्याङ पक्राउ


काठमाडौं : कोरोनाभाइरसको दोस्रो चरणको महामारीले मुलुकलाई निषेधाज्ञा गर्न बाध्य पारेका बेला काठमाडौंमा लाखौँ जुवा खेलाउने र खेल्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १० लाख ९७ हजार नगदसहित २५ जना जुवाडेहरू पक्राउ गरेको छ । जुवाको खालबाट पक्राउ पर्नेमा युवतीहरू पनि छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा काठमाडौं १६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, काठमाडौं १६ बस्ने ३७ वर्षीया रञ्जना ढकाल रहेका छन् । काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने, महोत्तरीको लोरपटि २ घर भइ काठमाडौं बस्ने ३८ वर्षीय मनोजकुमार मण्डल पनि पक्राउ परेका छन् ।

प्रहरीले बझाङको दुर्गाथली गाउँपालिका ७ घर भइ काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक, काभ्रेको पाँचखाल ३ घर भइ काठमाडौंको सीतापाइला बस्ने ४५ वर्षीय ४५ वर्षीय विजय कार्की, चितवनको भरतपुर ११ घर भइ काठमाडौं ७ बस्ने ४७ वर्षीय जगतबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका २ भर भइ काठमाडौं २६ बस्ने ४० वर्षीय नवीन्द्रकुमार गुरुङ पनि जुवा खालबाट पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर काठमाडौं ४ बस्ने ५ वर्षीय ज्योतिप्रकाश श्रेष्ठ, मकवानपुरको टिष्टुङ घर भइ काठमाडौंको चन्द्रगिरी बस्ने ३७ वर्षीय बिर्खबहादुर थिङ पनि पक्राउ परेका छन् ।

धादिङको रोराङ गाउँपालिका २ घर भइ काठमाडौं २९ बस्ने ३५ वर्षीय पदमबहादुर तामाङ, ललितपरको लगनखेल बस्ने ४२ वर्षीय शंखर माली, भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय रामेश्वर गौतम, मकवानपुरको हेटौंडा घर भइ काठमाडौंको म्हेपी बस्ने २६ वर्षीय रामकृष्ण वाइवा पनि पक्राउ परेका छन् ।

दोखलाको जिरि ७ घर भइ काठमाडौं १६ बस्ने २८ वर्षीय छिरिङ शेर्पा, काभ्रेको रोशी गाउँपालिका १ ३र भइ काठमाडौं ६ बस्ने ३३ वर्षीय मिनसाङ लामा, ललितपुर महानगरपालिका ४ बस्ने ३० वर्षीय अनिल सेढाइँ, काठमाडौंको तार्केश्वर ११ बस्ने ५५ वर्षीय राम अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मुगु घर काठमाडौं ४ बस्ने ३७ वर्षीय तेञ्जिङ लामा, काठमाडौं १६ बस्ने ३८ वर्षीय ग्यालछेल लामा, नवलपरासीको बर्दघाट १२ घर भइ काठमाडौं २६ बस्ने ३५ वर्षीय छिरिङ लामा, ललितपुरको लुभु बस्ने ३८ वर्षीया ज्योति थापा र सल्यानको कालिमाटी गाउँपालिका ३ भर भइ काठमाडौंको नागार्जुन ३ बस्ने ४० वर्षीय बलबहादुर राउत पनि जुवा खालबाट पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूको साथबाट ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइन समेत बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए । काठमाडौं उपत्यकाभित्र जुवाको ठूलो अवैध धन्दा चल्दै आएको छ । बेलाबेला यस्तै ठूलो जुवाको खालमा छापामारेर प्रहरीले जुवाडेहरूलाई पक्राउ गर्ने गरेको छ ।

प्रकाशित : २०७८ बैशाख २९, बुधबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ