महापुरुष महन्थ ठाकुर, जो प्रधानमन्त्री पद अस्वीकार गरे


टुडेखोज, जनकपुरधाम : मधेसी नेताले पहिलो पटक नेपाली राजनीतिको सबोच्च पद प्रधानमन्त्री अस्वीकार गरेको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुरको जताततै प्रसंसा हुन थालेको छ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पनि सामाजिक सञ्जालमा ठाकुरलाई राजनेता र महापुरुष भन्दै प्रसंसा गरेका हुन् ।

उनले भनेका छन्, ‘एकचोटी कमिटमेन्ट गरिसकेपछि कसैको नसुन्ने महापुरुषको नाम महन्थ ठाकुर हो । उनले ‘सत्ता नहीं प्रभुसत्ता’को नारा त्यतिकै दिएका होइनन् । उनको लागि प्रधानमन्त्री पद ठुलो कुरा होईन् ।’ मधेसको एजेन्डा, निर्दोष नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको रिहाई, संविधान संशोधन लगायतका माग सम्बोधन पछि ठाकुर प्रधानमन्त्री बन्ने दावी समेत उनले गरेका छन् ।

उनले लेखेका स्टाटस जस्ताको त्यस्तै :
पहिलो पटक कुनै मधेसी राजनेताद्वारा नेपाली राजनीतिको सर्बोच्च पद प्रधानमन्त्री अस्वीकार गरिएको छ। एकचोटी कमिटमेन्ट गरिसकेपछि कसैको नसुन्ने महापुरुषको नाम महन्थ ठाकुर हो । उनले ’सत्ता नहीं प्रभुसत्ता’को नारा त्यतिकै दिएका होइनन । उनको लागि प्रधानमन्त्री पद ठुलो कुरा होईन, मधेस आन्दोलन, मधेसको एजेन्डा, निर्दोष नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरि रेशम चौधरीको रिहाई, संविधान संशोधन आयोग गठन गरि संविधान संसोधन प्राथमिकतामा पर्छन । यो समस्याहरुको समाधान पश्चात महन्थ ठाकुर यो मुलुकको प्रधानमन्त्री बन्नुहुनेछ । सबैको जय होस। जासपेयी मित्र (कमरेड)हरु चिन्ता नलिनु होला । अल विल बि वेल

प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार ०८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ