कोरोना त्रासले जनता आफैंले लगाए गाउमा कर्फ्यू, गोरुलाई पनि मास्क


टुडेखोज : कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । तर भारतको एउटा यस्तो गाउँ, जहाँका जनता आफैले कर्फ्यू लगाएका छन् ।

कोरोनाको दोस्रो लहर घातक साबित भइरहेकोले मध्यप्रदेशको सिहोरमा पर्ने चन्देरी गाउँका जनताले आफैं कर्फ्यू लगाएका हुन् । चारैतीर कर्फ्यूको अवज्ञा गरिरहेकाहरुलाई चन्देरीका जनताले ठूलो सन्देश हुनसक्छ– कोरोनाबाट बच्न आफैं सचेत बनौं ।

यतिमात्र होइन्, चन्देरी गाउँका किसानहरु गोरुलाई पनि मास्क लगाउन थालेको तस्विरहरु यतिबेला भाइरल बनेको छ । भारतीय मिडिया आजतकले देखाएको एक रिपोर्टमा गोरुलाई मास्क लगाउने किसान भन्छन्, ‘गोरुलाई पनि कोरोना लाग्न सक्छ नी, त्यसैले मास्क लगाइदिएका छु ।’

प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ