राजेन्द्र महतोलाई दलको नेता स्वीकार्न सक्दैनौं : रेणु यादव


टुडेखोज, काठमाडौं : जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले राजेन्द्र महतोलाई संसदीय दलको नेता स्वीकार गर्न नसकिने बताएकी छन् ।

उनले अध्यक्ष महन्थ ठाकुर पक्षले एकलौटी ढंगले गरेको निर्णय मान्य नहुने पनि बताइन् । उनले भनिन्, रिसोर्टमा थुनिएर बहुमतको बलमा दलको नेता बन्नु लोकतान्त्रिक विधि होइन । पार्टीभित्र विधान विपरीत हिँड्नुको औचित्य छैन । त्यो हामीलाई स्वीकार्य हुन सक्दैन ।’

बैठक बोलाएर दलको नेता छान्नुपर्ने उनले बताइन् । बिहीवार नै महन्थ पक्षका बहुमत सांसदले दलको नेतामा महतोलाई चयन गरेको थियो । तर यो निर्णय शुक्रवार मात्र मिडियामा बाहिरियो ।

प्रकाशित : २०७८ जेष्ठ १, शनिबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ