जनकपुरका कराते खेलाडी यादवको कोरोनाबाट निधन


जनकपुरधाम : कोरोना भाइरस संक्रमणले एक कराते खेलाडीको निधन भएको छ । जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादवको उपचारका क्रममा शनिवार राति निधन भएको हो ।

संक्रमण पुष्टि भएपछि खेलाडी यादव काठमाडौं पुगेर बीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको निधन भएको आफन्तले बताएका छन् ।यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए । जनकपुरले आज खेलकुद जगतका एक योद्धा गुमाएको भन्दै धेरैले सामाजिक संजालमा दुस्ख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए । जनकपुरले आज खेलकुद जगतका एक योद्धा गुमाएको भन्दै धेरैले सामाजिक संजालमा दुस्ख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २, आईतवार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ