महेश बस्नेतले पोल खोलेपछि तनावमा बाबुराम भट्टराई, दिनुपर्यो स्पष्टिकरण


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पारेका छन् । कोरोना महाविपत्ति उन्मुख देशलाई निकास दिन ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको भट्टराइले स्पष्टीकरण दिएका हुन् ।

एमालेका नेता महेश बस्नेतले प्राइम टेलिभिजनको एक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न राति १ बजे बालुवाटार गएको बताएपछि डा. भट्टराइको यस्तो स्पष्टीकरण आएको हा । बस्नेतले बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई दुई पटक राति १ बजे भेटेको खुलासा गरेको थियो ।

भट्टराइले वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको तर, उनले नमानेको बस्नेतको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुअघि डा. भट्टराइले वर्तमान प्रम र पूर्व प्रम बाहेकबाट सबै दलको प्रतिनिधित्व हुने गरी राष्ट्रय सहमतीय सरकार बनाउन आग्रह गर्दै ट्विट गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग गोप्य भेट गरेको पोल बस्नेतले खोलेपछि डा. भट्टराई तनावमा परेका छन् । अहिले डा. भट्टराई फेरी चर्चामा आएका हुन् । उनले अझै पनि धारा ७६ (५) बमोजिम सरकार बनाउन सकिने हुँदा अझै सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २, आईतवार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ