भारतमा आँधी-तुफान : ८ जनाको मृत्यू, हवाई उडान बन्द, खोप अभियान पनि स्थगित


एजेन्सी : भारतमा चलिरहेको शक्तिशाली ताउक्ते तुफानका कारण त्यहाँ हवाई सेवादेखि कोरोना विरुद्धको खोप अभियानसम्म प्रभावित भएको छ । चक्रवातको गति १५५ देखि १६५ किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।

त्यहाँको मौसम विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले आज गुजरातका विभिन्न भूभागमा आँधीका कारण भारी वर्षा हुनसक्ने बताएका छन् । तुफान निकै तीव्र गतिको भएकाले मछुवारलाई समुद्रमा नजान आग्रह गरिएको छ । विमान कम्पनीहरूले गोवा अन्तरराष्ट्रिय विमानस्थलमा उडान÷अवतरण स्थगित गरेका छन् ।

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आज र भोलि त्यहाँ खोप अभियान स्थगित गरिदिएका छन् । तुफानका कारण त्यहाँ करिव एक दर्जन मानिसको ज्यान गएको र तटीय क्षेत्रबाट हजारौंलाई उद्धार गरिएको छ ।

विभिन्न राज्यमा तुफानका कारण ८ जनाको मृत्यू भइसकेको छ । कैयौं रुख ढलेको छ । घर भत्काइदिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान स्थानीय अधिकारीको छ । अहिले उद्धार कार्य जारी छ ।

प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ