लहानका डा. चौधरीको पनि कोरोना संक्रमणबाट निधन


टुडेखोज, सिरहा : लहानका हाड नसाको डा. मुकेश चौधरीको पनि कोरोना भाइरसकै संक्रमणबाट आज विहान निधन भएको छ । अन्दाजी ३५ वर्षीय डा. चौधरीको अवस्था बिग्रेपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आज विहान निधन भएको हो ।

डा. चौधरी लहान डाइग्नोस्टिक सेन्टरको प्रोप्राइटर थिए । कोरोना महामारीमा पनि उनी विरामीको उपचार गर्दै आएका कारण संक्रमित बनेको थियो । उनको निधनले लहानका धेरै मानिसले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।

आज विहान मात्रै सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको पनि कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो समय प्रदेश २ कोरोनाले नराम्ररी प्रभावित बनेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ