कोरोना संक्रमणबाट जसपा केन्द्रीय सदस्य सिंहको निधन


जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । बारा जिल्ला घर भएका सिंहको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

नेता सिंहको निधनपछि प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमंत्री सुरेश मण्डलले सामाजिक संजालमा लेखेका छन्-
निशब्द छु जितेन्द्र दाई
यहाँको जोश, जाँगर र जज्बा हाम्रो निम्ति सधैं प्रेरणाको श्रोत रहिरहने छ । यहाँको असामयिक निधन जसपा नेपाल र मधेसको निम्ति अपुर्णिय  क्षति हो । देश र जनताको लागि यहाँले गर्नुभएको योगदानको कदर गर्दै एउटा सम्झौताहिन योद्धाको रुपमा सदैव सम्झिरहने छु । भावपूर्ण श्रद्धाञ्जली ...

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ