सिरहामा कोरोनाः दोस्रो चरणमा ७ जनाको मृत्यू, हेर्नुस् डिटेल


टुडेखोज, सिरहा : कोरोनाको दोस्रो चरणमा सिरहामा ७ जनाको मृत्यू भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार गोलबजार नगरपालिकामा ३ जना, सिरहा नगरपालिकामा २ जना, लहान नगरपालिका र मिर्चैया नगरपालिकामा १/१ जनागरी सात जनाको मृत्यू भएको हो ।

फुलकुमारी मेमोरियल अस्पतालमा गोलबजार ७ चोहर्वाका ५४ वर्षीय पुरुष, गोलबजार ५ निपनियाका ४० वर्षीय पुरुष र गोलबजार ८ पुरानो चोहर्वाका ६० वर्षीया महिलाको मृत्यू भएको छ । यस्तै नोलेल अस्पताल विराटनगरमा सिरहा नपा ७ का ६९ वर्षीय पुरुष, र मिर्चैया नपा ५ का ६३ वर्षीय पुरुषको मृत्यू भएको छ ।

सिरहा नगरपालिका ७ की ५८ वर्षीया महिलाको जनकपुरस्थित राम जानकी अस्पताल र लहान नपा ४ की ७५ वर्षीया महिलाको सिरहा अस्पतालमा मृत्यू भएको निर्देशनालयले जनाएको छ । कोरोनाको चपेटमा परेका सिरहामा अहिले निषेधाज्ञा जारी छ ।

प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ