जसपाको अर्का माग पुरा : जन्मसिद्ध नागरिकता दिने सरकारको निर्णय


काठमाडौं : सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो । आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

त्यस्ता कतिपय पीडितले अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेका थिए । अन्यथा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट वञ्चित गर्ने गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो । – लोकान्तर डटकमबाट

प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ