जसपा कार्यकारिणी बैठक : महन्थले स्थगित गरे, उपेन्द्रले भने- स्थगित भएको छैन


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको विज्ञप्ती जारी गरेका छन् । तर उपेन्द्र यादवले भने स्थगित नभएको भन्दै विज्ञप्ती निकालेका हुन् ।

तीन दिनअगाडी अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त विज्ञप्ती जारी गरेर जेठ ८ र ९ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक डाएिको थियो । बैठकमा सरकारमा सहभागी हुने/नहुने र अन्य समसामयिक विषयमा छलफल हुने भनिएको थियो । तर अहिले फेरी दुबै अध्यक्ष विभाजित भएका छन् ।

कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको बहाना जसपाका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । उपेन्द्र यादवले भने बैठक स्थगित नभएको भन्दै सहभागी हुने सबैसँग अपिल गरेका हुन् ।

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ