Big News-राष्ट्रपतिले खारेज गरिन् ओली र देउवा दुवैको दावी, संसद विघटनतीर


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार ००:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ