प्रदेश २ : करेन्ट लागेर २ जनाको मृत्यू


टुडेखोज, जनकपुरधाम : करेन्ट लागेर प्रदेश २ मा एकैदिन दुई जनाको मृत्यू भएको छ । सप्तरीमा एक महिला र सर्लाहीमा एक बालकको मृत्यू भएको हो ।

टिभी चलाउने क्रममा सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया टोलका २४ वर्षीया अमृतादेवी यादवको करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएपछि उपचारको लागि युनिक अस्पताल रुपनी लैजाने क्रममा बाटोमा उनको मृत्यू भएको थियो ।

यता, सर्लाहीमा आफ्नै घरमा बत्ति जोड्ने क्रममा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा बरहथवा नगरपालिका १५ पिपराभित्ता सुकुमवासी टोलका परिसर सहनीको १५ वर्षीय छोरा रामु सहनी रहेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ