प्रदेश २ : नेविसंघले जलाए प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला


सर्लाही : प्रतिनिधिसभा विघटनको विरोधमा सर्लाहीमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला दह गरेको छ । नेपाली कांग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा प्रधानमन्त्री ओली राष्ट्रपति भणडारीको पुत्ला दहन गरेको हो ।

नेपाली कांग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भणडारीको पुत्ला दहन गरेको हो । देश कोरोना सङ्क्रमणमा आक्रान्त भइरहेका बेला देश र जनता प्रति सरकार उत्तरदायी नभएको र उल्टै असंवैधानिक कदम चालेकाले यसका विरुद्धमा पुत्ला दहन गरेको आन्दोलनमा सहभागी विद्यार्थीहरूले जनाएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ