माधव नेपाल र झलनाथ खनालसहित ११ नेता एमालेबाट निष्कासित


काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल नेपालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई निष्काशन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शनिबार स्पष्टीकरण सोधिए पनि उनीहरुले स्पष्टीकरण बुझाएका थिएनन् ।

पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो ।

निष्कासनमा पर्नेमा नेपाल–खनालसहित भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन,सरला यादव, पुष्पा कुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी​,निरादेवी जैरु र कल्याणी खड्का रहेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ