सिरहा अस्पतालमा कोरोनाका विरामी र कुरुवालाई निःशुल्क खाना, सन्तोषको प्रसंसा


टुडेखोज, लहान : सिरहा अस्पतालमा उपचाररत कोरोनाका विरामी र कुरुवाहरुलाई आजबाट निःशुल्क खाना खुवाउन सुरु गरिएको छ । समाजसेवी सन्तोष अग्रवालले निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् ।

अस्पतालमा उपचाररत सबै विरामी र कुरुवा सबैलाई सोमवार विहान निःशुल्क खाना खुवाउने कार्यको शुभारम्भ गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । ‘अग्रवालले आफ्नो बुवा स्वर्गिय भागिरथ प्रसाद र काका स्वर्गिय मुरली प्रसादको स्मृतिमा निःशुल्क खाना खुवाउन सुरु गरेका छन्’, प्रजिअ कणेलले भने, ‘उहाँले अस्पतालमा उपचार गराउन आउने कोरोनाका सबै विरामी र कुरुवालाई महामारी अन्त्य नभएसम्म खुवाउनुहुन्छ ।’

अस्पतालमा कोरोना विरामीको उपचारका लागि ५० बेड छुट्याएको छ । अहिले त्यहाँ १७ कोरोना संक्रमित उपचाररत छन् । उनीहरुसँग एक÷एक जना कुरुवा समेत रहेका छन् । अग्रवाल औषधी व्यवसायी र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य हुन् । उनले यसअघि पनि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ