जनकपुरमा विहानैदेखि विजुली अवरुद्ध, घरमा बस्नै मुस्किल


टुडेखोज, जनकपुरधाम : जनकपुरमा विहानैदेखि विजुली अवरुद्ध भएको छ । विजुली आउने/जाने समस्याले सर्वसधारण हैरान बनेका हुन् ।

मौसम परिवर्तन भई पानी पर्न थालेपछि विजुली काटिएको थियो । तर अहिले मौसममा सुधार भइसके पनि विजुली नआउँदा घरमा बस्नै मुस्किल भएको सर्वसधारण बताउँछन् । कोरोना कहरका कारण निषेधाज्ञाको बेला घरमै बस्नुपर्ने बाध्यता छ, तर विजुली नहुँदा समस्या भएको भानु चौकका उमेश यादवले बताए ।

उनको गुनासो छ, ‘विजुलीको समस्या आज मात्र होइन्, एक सातादेखि निरन्तर भइरहेको छ ।’ उनले सम्बन्धित निकायले विजुली अवरुद्ध हुने समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको भनाई छ ।

विजुली पटक पटक किन अवरुद्ध भइरहेको विषयमा बुझ्न विद्युत प्राधिकरणको कार्यालय जनकपुरमा पटक पटक सम्पर्क स्थापित गर्दा पनि भएन् । कार्यालयको नम्बर नै कर्मचारीहरुले बिगारेर राखेको सर्वसधारणको पनि गुनासो छ ।

प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार ११:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ