६१ ब्रान्डका स्यानिटाइजर मात्र प्रयोग गर्न सुझाव, हेर्नुस् सूची


काठमाडौं : औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ । विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले तोकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले दर्ता भएका स्यानिटाइजर मात्रै बिक्री र प्रयोग गर्न सचेत गराएको हो ।विभागले बजारमा बिक्री भइरहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत भेटिएकाले केही स्यानिटाइजर उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ ।

पछिल्लो समय राजधानीका केही स्यानिटाइजर उद्योगमा प्रहरीले छापासमेत मारेको छ । हेर्नुस् सूची :

प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ