वीरगञ्ज : मेडिकल कर्मचारी कुट्ने डिएसपीलाई कारबाही हुने, बन्यो छानविन समिति


टुडेखोज, पर्सा : वीरगन्जको घण्टाघर नजिकै रहेको एक औषधी पसलमै मेडिकल कर्मचारीलाई कुट्ने प्रहरीमाथि छानविन हुने भएको छ । घटनाको छानविनका लागि प्रदेश २ प्रहरी कार्यालयले एसपी कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति बनाएको हो ।

छानविन समितिले अनुसन्धान कार्य सुरु गरिसकेको र दोषी ठहर हुने प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही हुने प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका छानविन समिति संयोजक तथा एसपी प्रसाईले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा पालना गराउने क्रममा घटना भएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रहलाद केसीले बुट लिएरै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही भिडियोका कारण प्रदेश प्रहरीले घटनाको छानविन गर्ने भएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १४:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ