स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सबै जिल्लाका सिडिओलाई गृहको निर्देशन


काठमाडौं : गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटना दुःखद भएको भन्दै मन्त्रालयले आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति :

प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार १५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ