प्रदेश २ मा कोरोनाले ६३९ जनाको मृत्यू, हेर्नुस् डिटेल


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा कोरोनाभाइरस संक्रमणबाट हालसम्म १६५ महिलासहित ३६९ जनाको मृत्यू भएको छ । कोरोनाको दोस्रो लहरमा मृतकको संख्या ह्वात्तै बढेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार १२ मृतकको अध्यावधिक गरेको हो । जसमध्ये सप्तरी, बारा र सिरहाका ४/४ जना छन् । उनीहरुको विभिन्न मितिमा कोरोनाले मृत्यू भएपनि सूचना ढिलो आएकाले आज मात्र अपडेट गरेको निर्देशनालयले जनाएको छ ।

यस प्रदेशमा सबभन्दा बढी बारामा १३८ जनाको कोरोनाले ज्यान लियो । पर्सामा ११०, सिरहामा ५८, सप्तरीमा १०५, धनुषामा ६४, महोत्तरीमा २६, सर्लाहीमा ३८, रौतहटमा ९९ जनाको मृत्यू भएको छ । साथै एक भारतीयले पनि ज्यान गुमाएका छन् ।

शुक्रवार यस प्रदेशमा १११ महिलासहित ३२९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या ३१ ह्जार ९०५ पुगेको छ । जसमध्ये २० हजार ४९३ जना कोरोना जितेका छन् । अहिले यस प्रदेशमा १० हजार ७७३ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ