नेपालमा कोरोनाः सोमबार थपिए ४७६२ संक्रमित, ११४ को मृत्यु


काठमाडौं : सोमबार थप ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन् ।

त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो । सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो ।

प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ