आज देशभर कस्तो रहला मौसम ?


टुडेखोज, काठमाडौं : आज देशका अधिकांश भू भागमा बदली रही केही स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

हाल नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । अहिले देशका अधिकांश भू भागमा बदली रही प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ