सबैला झडप : घाईते महिलाको मृत्यू, शव गाउँ ल्याएपछि उर्लियो भीड


जनकपुरधाम : धनुषाको सबैला नगरपालिका ४ मा विकास निर्माणको विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा घाईते भएक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेको स्थानीय चन्दर विराजीकी ४५ वर्षीय श्रीमती सुमित्रादेवी यादव छन् ।

वैशाख २३ गते झडप भएको थियो । झडपमा गम्भीर घाईते सुमित्राको तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएपनि सम्भव भएन । त्यसपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यू भएको हो ।

सडकमा पिसिसि ढलानका लागि नगरपालिकाले बजेट उपलब्ध गराएको थियो । तर सडक साँघुरो रहेका कारण फराकिलो पार्ने क्रममा विवाद भयो । सोही विवाद उग्ररुप लिएपछि दुई पक्षबीच झडप भएको थियो । झडप गरेका दुबै पक्ष नेकपा एमालेकै भएको बुझिएको छ ।

झडपमा घाईते महिलाको मृत्यू भएपछि आफ्न्तले ईलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएको छ । किटानी जाहेरी भने प्रहरीले लिन नमानेको पीडित परिवारको आरोप छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ